अफगानी शरणार्थीले लगाए आफ्नै शरीरमा आगो

१८ मंसिर, जकार्ता ।  एक अफगानी शरणार्थीले आफ्नै शरीरमा आगो लगाएका छन्। शरणार्थी बनेर इन्डोनेसिया पुगेका इजत नजाफीले आफ्नै शरीरमा आगो लगाएका हुन्। 

उनले इन्डोनेसियाली शहर मेदानस्थित इन्डोनेसियाको आप्रवासी संगठनकै गेटअघि आफ्नो शरीरमा आगो लगाएको अन्तरराष्ट्रिय मिडियामा खबर छ।

frontline

सन् २०१५ मा अफगान शरणार्थीको रुपमा इन्डोनेसिया पुगेका उनको हालसम्म स्थायी रुपमा पुर्नवासको व्यवस्था नभएको बताइएको छ। सोही कारण निराश बनेका २२ वर्षीय शाहले आफ्नै शरीरमा पट्रोल खन्याएर आगो लगाएको प्रत्यक्षदर्शीले अन्तरराष्ट्रिय मिडियासँग बताएका छन्।  

एक दशक अघिदेखि र गत अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि अफगान शरणार्थीहरु इन्डोनेसियामा बसोबास गर्दै आएका छन्।

इन्डोनेसियाले आफूहरुको पुर्नवास र अन्य व्यस्था नगरेको भन्दै नयाँ र पुराना अफगान शरणार्थीहरुले एक महिना अघिदेखि इन्डोनेसियाको आप्रवासी संगठन कार्यालयअघि २४ सै घण्टा धर्ना तथा प्रदर्शन गर्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here