अफगानिस्तान हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा

T20 Cricket WCup Afghanistan South Africa

एकपक्षीय सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टि२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार विहान सम्पन्न सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै मात्र ५६ रनमा अलआउट भएको थियो ।

अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजाइले सर्वाधिक १० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । पहिलो ओभरमा मार्को यान्सनले रहमनुल्लाह गुर्बाजको विकेट लिँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुवात दिलाए । समग्रमा दक्षिण अफ्रिकाका लागि यान्सन र तबरेज साम्सीले ३/३ तथा कागीसो रबाडा र एन्रिक नोर्कियाले २/२ विकेट लिए ।

frontline

जवाफमा दक्षिण अफ्रिकाले नवौं ओभरमा लक्ष्य पूरा गर्यो । दोस्रो ओभरमा क्विन्टन डी ककलाई गुमाएपनि रिजा हेन्डरिक्स र कप्तान एडन मारक्रमले टोलीलाई जित्सम्म पुर्याए । हेन्डरिक्सले २९ तथा मारक्रमले २३ रनको इनिङ खेले ।
बिहिबार राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here