अफगानिस्तानमा सडक दुर्घटना, दुई चिकित्सकसहित सात जनाको मृत्यु

२० कात्तिक, काबुल । अफगानिस्तानमा भएको एक सडक दुर्घटनामा परेर दुई जना चिकित्सकसहित सात जनाको ज्यान गएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानको लाघमान प्रान्तमा शनिबार सो सडक दुर्घटना भएको थियो ।

frontline

खामा प्रेसले दिएको समाचारअनुसार लाघमान प्रान्तको दालत साह जिल्लामा सो दुर्घटना भएको थियो र त्यस दुर्घटनामा थप तीन जना घाइते भएका छन् ।

कार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।

त्यसैगरी शुक्रबार पनि अफगानिस्तानको उत्तरी सहर सालाङमा अर्को एक दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ ।

यहाँका सडकको दुरावास्था तथा सवारी सञ्चालनको लापरवाहीका कारण यहाँ बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here