अफगानिस्तानमा दश तालिबानी लडाकूको मृत्यु

श्रोत : ईन्टरनेट

काबुल । पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबानी समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ ।

frontline

सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र अलासाङ क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूका तीन ठाउँलाई लक्षित गरी कारबाही गरेको थियो ।

सेनालाई अफगान वायुसेवाले समेत मद्दत गरेको थियो ।

छिमेकी परवान प्रान्तमा सेनाले गठन गरेको स्थानीयबासीको हतियारधारी प्रतिकार समूहले तालिबान लडाकूहरुलाई शिनबार जिल्लाबाट मङ्गलबार भगाएको पनि सेनाले जनाएको छ ।

परवान प्रान्तको साइगर्ड जिल्लामा नियन्त्रण गरेर बसेका तालिबान समूहलाई पनि सेनाले लखेटेको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकहरु स्वदेश फर्किन लागेसँगै तालिबान समूहले अफगानिस्तानका सरकारी फौजसँग प्रतिरोधपूर्ण संघर्ष गरिररहेको छ ।

पछिल्लो विवरण अनुसार तालिबान समूहले देशका ४० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको तालिबान समूहले दाबी गरेको छ ।(रासस–सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here