अपाङ्ग संघ–नेपालको नेतृत्वमा पाटन संग्रालयमा ध्यानाकर्षणपत्र -भूमिकला पौडेल

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरूले पाटन संग्रालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका उपाध्यक्ष विनिता रेग्मीले पाटन संग्रालयका कार्यकारी निर्देशक सुरेशमान लाखेलाई एक ध्यानाकर्षणपत्र बुझाउँनु हुँदै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सो संग्रालय अवलोकन गर्न सक्ने वातावरण तयार पार्नका लागि अनुरोध गर्नुभयो । सो ध्यानाकर्षण कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूले आज भन्दा ५ वर्ष अगाडि पनि यस संग्रालयलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि सहज बनाउँनका लागि अनुरोध गरेको कुरालाई स्मरण गराउँनुहुँदै अबका दिनमा चाँहि निराश नहुने वातावरण सृजना गर्नका लागि अनुरोध गर्नुभयो

। ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका मुख्य कुराहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६ तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यान्वयन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई संग्रालयमा निःशुल्क प्रवेशको व्यवस्था हुनुपर्ने, संग्रालयमा सांकेतिक भाषाको व्यवस्था गर्नुपर्ने, अपाङ्गतामैत्री शौचालय निर्माण हुनुपर्ने, होचापुड्का तथा ह्विलचेयर प्रयोगकर्ताहरूको लागि चित्रकला, मूर्तिकला जस्ता बहुमूल्य वस्तु अवलोकन सहज तरिकाले गर्न सक्ने स्थानमा हुनुपर्ने, संग्रालय भित्र रहेका बहुमूल्य कलाकृतिहरूको विवरण ब्रेललिपीमा पनि राखिनु पर्ने तथा संग्रालय अवलोकन गर्ने क्षेत्रमा टेक्टायल बिछ्याउनु पर्ने रहेका छन् । ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरू तथा छलफलमा उठेका कुराहरूलाई संवोधन गर्नुहुँदै पाटन संग्रालयका कार्यकारी निर्देशक सुरेशमान लाखेले पाटन संग्रालय एक पुरातात्विक सम्पदा भएकोले यसको संरचनामा कुनै पनि फेरवदल गर्नका लागि अत्यन्त कठिन हुने कुरा जानकारी दिनुहुँदै यसको संरचनामा असर नपु¥याई कसरी अपाङ्गता भएका व्यक्तिहरूको आवागमनलाई सहज बनाउन सकिन्छ भन्ने विषयमा गंभिर भएर मनन गर्ने बताउँनु भयो । यसका साथै उहाँले अबको दुई वर्ष भित्रमा अपाङ्गतामैत्री शौचालय निर्माण गर्ने योजना रहेको र अन्य कुराहरूमा पनि कसरी अपाङ्गतामैत्री वातावरण सृजना गर्न सकिन्छ भन्ने विषयमा पनि सबैसँग छलफल गरेर अगाडि वढ्ने बताउँनु भयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here