अपाङ्गता महिला महासंघ–आयोजनामा “अभिमुखीकरण कार्यक्रम” सम्पन्न -भूमिकला पौडेल

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग तथा अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालको आयोजनामा “अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको निष्कर्ष सुझाव सन्दर्भमा अपाङ्गता भएका महिला केन्द्रित सवालहरूको कार्यान्वयनको अवस्था र प्रतिवेदन लेखन प्रक्रियामा सम्बन्धमा अभिमुखीकरण होस भन्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
अभिमुखीकरण कार्यक्रमलाई संवोधन गर्नु हुँदै सो कार्यक्रमका प्रमुख अतिथी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागका निर्देशक निरा अधिकारीले अपाङ्गता क्षेत्रको संयुक्त प्रयास तथा अभियानले सरकारी निकायको अपाङ्गता प्रतिको दृष्टिकोणमा सकारात्मक तथा उचित परिवर्तन ल्याउनमा सघाउ पु¥याउने बताउँनु भयो ।
कार्यक्रममा सभापतित्व गर्नुहुँदै अपाङ्गता भएका महिलाहरूको महासंघ–नेपालका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको प्रगतिका सम्बन्धमा नागरिक समाजको तर्फबाट नेपालले अपाङ्गता भएका महिलाहरूको सवालमा केन्द्रित भएर छाँया प्रतिवेदन पठाउँनुपर्दा सो प्रतिवेदनमा के कस्ता कुराहरू समेट्नु पर्ने रहेछ भन्ने सम्बन्धमा जानकारी दिन यस अभिमुखीकरणले सहज बनाउँने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरणमा अपाङ्गताको क्षेत्रमा लामो समय देखि कार्यरत विज्ञ सुदर्शन सुवेदीले अपाङ्गता भएका महिला केन्द्रित सवालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि समितिको निष्कर्ष सुझाव बारे एक प्रश्तुतीकरण गर्नुहुँदै सो महासन्धिको छाँया प्रतिवेदन पठाउँनुपर्दा सो प्रतिवेदनमा समेट्नु पर्ने विषयवस्तुहरू बारे विस्तृत रूपमा जानकारी दिनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको सम्बन्धमा नेपालमा भइरहेका असल अभ्यासहरू, अपाङ्गता भएका महिलाहरू बारे नितीगत व्यवस्थाहरू, अपाङ्गता भएका महिला केन्द्रित सवालहरू तथा सो का लागि आवश्यक सुझावहरू बारे समुहगत रूपमा छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here