अपर छ्याङ्दीखोला साना जलविद्युत उत्पादनको आन्तरिक परीक्षण सम्पन्न

बेंसीसहर । लमजुङको दोर्दी गाउँपालिकास्थित छ्याङ्दी खोलामा निर्माण गरिएको अपर छ्याङ्दीखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिएको छ। चार मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादनको आन्तरिक परीक्षण सम्पन्न गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत एलबी थापाले जानकारी दिए।

‘आयोजनाको निर्माण कार्य सम्पन्न भई आन्तरिक विद्युत उत्पादन परीक्षण गरिएको छ’, थापाले भने, ‘अब विद्युत प्राधिकरणले अनुगमन निरीक्षण गरी अनुमति दिएपछि नियमित विद्युत उत्पादन गर्छौं।

frontline

२०७५ मा निर्माण सुरु गरिएको सो आयोजना २०७७ साउनभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता पिपिए अनुसार विद्युत उत्पादन गर्ने मिति २०७८ तोकिएको छ। 

आयोजनाको बाँधस्थलबाट सर्जट्याङ्कसम्म २ हजार ८ सय ७४ मिटर हेडरेस र सर्जट्याङ्कबाट १ हजार ३ सय ५६ मिटर पेनस्टक पाइपबाट पावरहाउसमा पानी खसालिइएको छ। यसको कुल हेड ७ सय ४५ मिटर रहेको छ। यो जिल्लामा सञ्चालित सबै आयोजनाको भन्दा बढी हो।

पावरहाउसमा २ वटा फोर्ज पेल्टन टरवाईन र २ वटा जेनेरेर जडान गरिएको छ। टरवाइटन युरोप र अन्य सामाग्री भारत निर्मित रहेको आयोजनाले जनाएको छ। यहाँबाट उत्पादित विद्युत २ मेगावाटको तल्लो छ्याङ्दी जलविद्युतको सवस्टेशनमा लगिनेछ। तल्लो छ्याङ्दीमा छुट्टा–छुट्टै मिटर रिडिङको व्यवस्था गरी प्राधिकरणको उदिपुर सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। दुवै आयोजना छ्याङ्दी हाइड्रोपावरले निर्माण गरेको हो।

अपर छ्याङ्दी आयोजनाको डिजाइन ईन्साइट इन्जीनियरीङ्ग कन्सलट, सिभिल निर्माणतर्फ साकुरा पावर जेभी, हाइड्रोमेकानिकल तर्फ क्रिमहाईडल र इलेक्ट्रोमेकानिकलमा मेकामिडि ईन्डिया रहेको छ। प्राधिकरणको नयाँ मापदण्डअनुसार बर्खायाममा प्रतियुनिट ४.८० पैसा र हिउँदमा प्रतियुनिट ८.४० पैसाको दरमा पिपिए भएको आयोजनाले जनाएको छ। वार्षिक २२.३०६ गिगावाट घन्टा विद्युत उत्पादन गर्ने आयोजनाका लागि खरिद दरमा ८ पटकसम्म मूल्यवृद्धिको सुविधा दिइएको छ।

आयोजना निर्माणमा ८० करोड ३५ लाख खर्च भएको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाईड्रोपावरले जनाएको छ। आयोजनामा बैंक अफ काठमाण्डु र कुमारी बैंकले ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपुँजी लगानी रहेको छ। 

छ्याङ्दी हाइड्रोपावर लिमिटेड कम्पनीको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा रहेका छन्। कम्पनीमा अमर नाथ श्रेष्ठ, राजेन्द्रबहादुर श्रेष्ठ, उदयकुमार पियालगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here