अपडेट : कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

समाचार सारांश

  • मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भयो।
  • भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको थियो।
  • यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

काठमाडौँ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।  

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । 

frontline

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्प

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here