अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२२, डा. शेर बहादुर पुनलाई

८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार -२०२२संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनलाई समर्पण गरिने हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आदर्श डा. शेर बहादुर पुनलाई यो बर्षको अन्तरास्ट्रिय स्वास्थ्य सेवा पुरस्कार- २०२२ समर्पण गर्ने निर्णय गरेका छौ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिन्छ ।

frontline

पुरस्कृत व्यक्तित्व डा. शेर बहादुर पुनले शान्ति स्थापनार्थ क्यारेबियन मुलुक हाइटी पुगेको नेपाली सेनालाई देश छाड्न माग गर्दै स्थानीयवासीले २०६७ कार्तिकमा मिराबलै क्षेत्रस्थित संयुक्त राष्ट्र संघीय आधार क्षेत्रमा प्रदर्शन गरे ।

नेपाली सेनाको कारणले फैलिएको हैजाले १० हजार ७५ जनाको ज्यान गएको भन्दै त्यहाँका स्थानीयवासीले क्याम्पसम्मै आएर विरोध गरेका थिए ।

नेपाल सरकारलगायत सेनाको पक्षमा कोही पनि नबोलिरहेका बेला पुनको व्यक्तिगत प्रयासले नेपाली सेनाले हैजा फैलाएको विषयलाई प्रतिवाद गरिएको पत्र अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी) त्यसैगरी उनले अमेरिकी सोसाईटी फर माइक्रो बायलोजी । संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले राष्ट्रसंघको विशेष महासभामा पेश गरेको १६ पृष्ठको प्रतिवेदनमा हाइटीको हैजाको जिम्मेवारी लिन बाध्य भए ।

डा. पुनको त्यो तर्कले नेपाली सेनामाथि लागेको आरोपको खण्डन मात्रै गरेन, विश्वका चर्चित अनुसन्धानकर्तालाई चुनौति दिनसक्ने नेपाली पनि छन् भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा पुग्यो ।

डा. पुन त्यतिबेला हाइटीमा हैजा फैलिनुमा नेपालको दोष छैन भनेर लगातार प्रतिवाद गर्नु भएको थियो। हाइटीमा नेपाली सेनाले हैजा नफैलाएको पुष्टि गरेर नेपाली सेना र देशको नाम राख्न सफल हुनु भएको थियो ।

यसै गरि कोभिड १९ र अहिले फैलिरहेको डेंगी बाट बच्न उहाले फैलाउनु भएको जनचेतना को सारारा नेपालीले उच्च प्रसंसा गरिरहेकाछन। हाम्रो सस्था उहा जस्तो आदर्श व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा गौरंवान्दित छ।

यो पुरस्कार पौँष महिनामा बिशेस समारोह आयोजना गरि प्रदान गरिने छ। माधब मरासिनी अध्यक्ष एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here