अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईसँग नेपाल ८४ रनले पराजित

२८ कात्तिक, काठमाडौं । नेपाल पाहुना टोली युएईसँग ८४ रनले पराजित भएको छ । सोमबार कीर्तिपुर मैदानमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे ।

frontline

ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे । कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३(३ रन बनाए । गुल्सन झाले १९ रन बनाए ।

नेपाललाई सस्तैमा रोक्न युएईकाआयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए । एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए । बसिल हामिदले २ विकेट लिए भने जाहुर खान, रोहन मुस्ताफा र अमेद राजाले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here