अनुदानमा कृषि सामग्री तिलोत्तमा नगरपालिका

 तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । 

ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

frontline

करिब रु १० लाख बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिए।  

नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र  पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको बताए। उनले पछिल्लो समय युवाको कृषिमा सहभागीता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग पुग्नेमा चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here