अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ७४ जना पक्राउ

१७ माघ, काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोप काठमाडौंको र्बाद्धबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

frontline

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दोलखाका हाल बानेश्वर बस्र्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठूलो संख्यामा मानिसहरू भेला भएर अनलाइन बिंगो खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । साथै, उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here