अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

३ फागुन, काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।




संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
सरकारले ल्याएका ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन् । सत्तापक्षकै केही दल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्