अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे लिउ जियान्चाओ

२८ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनिया कम्युनिष्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। कहेबेर अघि उनीहरुबीचको द्विपक्षीय छलफल सुरु भएको छ। 

सीपीसीका नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालसँग झण्डै दुई घण्टा छलफल गरेका थिए।

frontline

छलफलमा नेपालमा भइरहेको चिनियाँ विरोधी गतिविधि र संभावित कम्युनिष्ट गठबन्धनको बारेमा छलफल भएको थियो। लिउ ६ सदस्यीय टेलीको नेतृत्व गर्दै आइतबार नेपाल आएका थिए। नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ। 

भ्रमण टोलीमा  चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु  फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहेका छन्।  

सीपीसीको विदेश विभाग प्रमुख भएपछि लिउले नेपालबाट आफ्नो विदेश भ्रमण सुरु गरेका छन् । नेपाल आउनु अघि लिउले असार ९ मा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र असार १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भर्चुअल संवाद गरेका थिए।

लगत्तै असार १६ मा लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल संवाद गरे। त्यसकै शृंखलास्वरुप नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here