अध्यक्ष ओलीको मंसिर १ सम्म ४० जिल्ला पुग्ने लक्ष्य
१८ कात्तिक, काठमाडौं । चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश दौडाहा थालेका छन् । उनले मंसिर १ गतेसम्म ४० जिल्ला पुग्ने लक्ष्य लिएका छन् ।
एमालेका अनुसार आज दार्चुलाबाट चुनावी अभियान सुरू हुँदैछ । खलंगामा आयोजित सो जनसभालाई सम्बोधन गरेर ओलीले राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गर्ने एमालेको भनाइ छ ।
आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने गरी कार्यक्रम तय भएको भन्दै एमालेले चुनावपछि पार्टीकै नेतृत्वमा सरकार बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्