अतिरञ्जित ढङ्गले प्रचार गरियो, ओलीकै कमान्डमा अघि बढ्नुपर्ने नेताहरूको धारणा छ-लेखराज

नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले हिजो बसेको बैठकमा भएका कुरा अतिरञ्जित पाराले बाहिर आएको बताएका छन् ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकका कुरा नेताहरूले मिडियालाई दिएकोप्रति असन्तुष्टि जनाए ।उनले भने, ‘म जुन स्कुलिङबाट आएको छु, मलाई के लाग्छ भने बैठकभित्र विभिन्न प्रवृत्तिहरू आउँछन् र ती प्रवृत्तिमा बोल्ने, भन्ने वा लागेका विषयवस्तुहरू हुन्छन्। तर, पार्टीको जुन मुख्य लाइन हो, त्यो लाइनभन्दा बाहिर बोल्नुहुन्न भन्ने मलाई लाग्छ ।’उनले नेताहरू पार्टीको अनुशासन, विधि र पद्धतिभित्र रहनुपर्ने बताए । उनले भने, ‘आफूलाई लागेका विषयवस्तुहरू राख्ने हाम्रो कमिटी छ, त्यहाँ राख्ने कुरा हुन् । आज जो–जो कमरेडहरू बोल्नुभयो, उहाँहरूले आफूलाई लागेका विषयवस्तुहरू स्पष्ट रूपमा राख्नुभएको छ। नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने कुरा त कसैले भनेको छैन, मलाई त्यस्तो लाग्दैन। पार्टीभित्र बैठक हुँदा नेतृत्वका कमीकमजोरीहरू यो–यो थियो भनेर सकारात्मक–नकारात्मक सबै कुरा राख्ने र आफ्नो अनुभूतिहरू राख्ने कुरा स्वाभाविक रूपमा हुन्छ ।’

frontline

उनले हिजोको बैठकमा नेतृत्वले राजीनामा गरिहाल्नुपर्छ भन्ने खालको कुरा नउठेको जीकिर गरे । उनले थपे, ‘आजको बैठकको भाव पनि हाम्रो पार्टीभित्र जे समस्या छ, त्यसको समाधान अध्यक्षकै नेतृत्वमा गरेर फेरि उहाँकै कमान्डमा अघि बढ्नुपर्छ भन्ने नै थियो भन्ने मेरो बुझाइ छ । पार्टीका कमीकमजोरी कहाँ–कहाँ छन् ? त्यसको समीक्षा गरेर जहाँ सच्याउनुपर्ने हो र जस–जसका कमजोरी छन् ? तिनलाई हटाएर पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here