अटो रिक्साहरुले यात्रुसँग मनपरी भाडा असुली

१० कार्तिक, चितवन :  भरतपुर महानगरपालिका भित्र गुड्ने अटो रिक्सा ब्यवसायीहरुले यात्रुसँग मनपरी भाडा असुली गरेका छन् । बजारका चोक–चोक कब्जा गरेर बस्ने अटोवालाहरुले लामोदुरीको बस राजमार्गमा रोकेर यात्रु झर्न नपाउदै अटो बत्ताउँदै यात्रु तान्न राजमार्गमा हानिन थाल्छन् ।

सडकमा मनपरी चलाउने जहा पायो त्यही रोक्ने ट्राफिक नियम बिपरित कार्य गर्न थाले पछि चितवनमा अटोबाट हुने दुर्घटना समेत बढेको छ । अटोबाट विगत तीन महिनामा छ वटा दुर्घटना भएका छन् भने चार जाना घाइते समेत भएका छन् । ३ पाङ्ग्रे भएकै कारण अटो बाट दुर्घना समेत उच्च हुने गरेको छ ।

frontline

चितवनको सडकमा चार हजारभन्दा बढी अटो रिक्सा गुडिरहेका  छन् । हाईवेमा क्रस मात्रै गर्ने अनुमति पाएका अटोवालाले मनपरी हाईवेमा चलाउने र मनपरी यात्रुसंग भाडा लिने , सवारी जाम गराउने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भगवान राज थापाले अटोका कारण ट्राफिक ब्यवस्थापन र बजार ब्यवस्थापनामा केही जटिलता भएको बताए । नियम बिपरित हाईवेमा चलाएको र भाडा बढी लिएको पाईएमा आफुहरुले १,५०० देखि ३,०००सम्मको जरिवाना गरेको उनको भनाई छ ।

उनले नियम बिपरितका कार्य नगर्न अटो चालकलाई आग्रह गरका छन् । ट्राफिकले कारबाही तथा जरिवाना गरेमा ट्राफिकलाई दुश्मन नसोेच्न आग्रह गरे ।

अटोमा यात्रा गर्नेहरु सबै जसो ठगिने गरेका छन् । अटोले मन परी भाडा लिने गरेको एक बिद्यार्थीले बताए । अटोको पनि म्याजिक तथा अन्य बसहरुको जस्तै भाडा तोकिनु पर्ने उनि बताउछन् ।

४० रुपैयाँमा यात्रा गर्ने सडकमा अटोले १०० रुपैयाँ बढि लिने गरेको उनले दुखेसो पोखे ।अटो समितिका अध्यक्ष विरेन्द लामिछानेले पेट्रोलको मुल्य बढेका कारण भाडा पनि बढेको बताए ।

आफुहरुले यातायातबाट जिल्ला भरी चल्ने अनुमती पाएपनि भरतपुरमा भने प्रशासनले हाईवेमा चल्न नदिएर आफुहरु माथि अन्याय गरेको उनले दुखेसो गरे ।

अमृत थापा नाम बताउने अटो चालकले बारम्बार पेट्रोलको मुल्य बढ्दा भाडा पनि बढाउन बाध्य भएको बताए । एक दिनमा २ हजार कमाई भयो भने आधा रकम तेलमा खर्च हुने भएकाले अटो चलाएर परिवार पाल्नै सकस भएको उनि सुनाउछन् ।

महानगरमा यहि अवस्थामा अटोको दादागिरी बढ्दै जानेहो भने यसले माहानगरमा थप समस्या सृजना हुन सक्छ । त्यसैले बेलैमा यस्तो प्रबृतिलाई नियन्त्रण गर्नु आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here