अटो चलाउनेलाई सास्ती, टिपर चलाउनेलाई मस्ती

काठमाडौं । हेटौंडा मकवानपुर प्रहरीले निषेधाज्ञाको समयमा चल्ने अटोका चालकलाई ठूलै अपराध गरेझैँ केरकार गर्छ ।

लाइसेन्स र बिलबुक माग्छ । तर, टिपरलाई भने प्रहरीले चेकजाँचको क्रममा केही माग्दैन ।

frontline

टिपर चालकले टिपर तीव्र गतिमा चलाइरहँदा पनि प्रहरी चुपचाप बस्छ ।

टिपरलाई कुनै रोकतोक छैन ।

निषेधाज्ञाको समयमा प्रमुख जिल्ला अधिकारीले बिहान ९ बजेसम्म बजारमा अत्यावश्यक सामान खरिदको समय निर्धारण गरेका छन् ।

प्रहरीले बिहान ९ बजेसम्म चल्ने सवारीसाधनलाई चारै नाकामा चेकजाँच गरेर निषेधाज्ञा कडा बनाएको बताउँछ ।

तर, बिहान ९ बजेपछि साँझसम्म प्रहरीले कहिँकतै चेकजाँच गर्दैन ।

नागरिकहरु निर्वाध बजारमा डुल्छन् । बजार भीडभाड देखिन्छ ।

सवारीसाधनको चाँप पनि दिनभर बढ्छ ।

अत्यावश्यक कामबाहेकका सवारीसाधन निर्वाध चल्छन् ।

चोकमा प्रहरी हुन्छ तर चेकजाँच हुँदैन । रोकतोक हुँदैन ।

मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिं राठौर आफूलाई बजारमा सवारीसाधन निर्वाध चलेझैँ नलागेको बताउँछन् ।

बजारमा त्यस्तो छ र, खै मलाई त जानकारी भएन, एसपी राठौरले भने ।

उनले आफूले त्यसबारे बुझ्ने समेत बताए ।

बिहान ९ बजेपछि प्रहरीले सवारीसाधनहरु मनलाग्दी छाड्ने गरेको छ ।

ठूलालाई चैन, सानालाई ऐन भन्ने भनाइलाई प्रहरीले चरितार्थ गरिरहेको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाँडेले टिपरलाई नरोक्नु भन्ने आदेश छ, त्यही भएर नरोकिएको बताए ।

जसरी अटो चालकलाई लाइसेन्स र बिलबुक माग्नु हुन्छ त्यस्तै टिपर चालकलाई माग्नु भएको देखिएन त भन्ने प्रश्नमा उनले अहिले कोरोना संक्रमणका कारणले नियमित चेकजाँच नभएको बताए ।

नियमित चेकजाँच छैन, त्यही भएर हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here