अटोटेम्पु दुर्घटना हुँदा चालकको मृत्यु
१९ माघ, धनकुटा । धनकुटा–७ जिरोप्वाइन्टस्थित कोशी राजमार्गमा अटोटेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मंगलबार बेलुका ८:३० बजे बजारदेखि जिरोप्पाइन्टतर्फ जाँदै गरेको मे १ ह ४४७४ नम्बरको अटो टेम्पु सडकको नालीमा पल्टिंदा टेम्पु चालक ६० वर्षीय लालबहादुर दलार्मीको मृत्यु भएको हो।
छथरजोरपाटी–१ हात्तिखर्क घर भए पनि उनी जिरोप्वाइन्टमा बसेर यतै टेम्पु चलाउँथे। टेम्पु पल्टिंदा गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल धनकुटामा पुर्याइएको थियो।
अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेका हुन्। मृतक मगरको टाउको सहित विभिन्न भागमा चोटपटक देखिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका हवल्दार दिपक खड्काले जानकारी दिए। घटना स्थल जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि ३ सय मिटर पूर्व रहेको छ।
प्रतिक्रिया दिनुहोस्