अज्ञात व्यक्तिको छुरा प्रहारबाट चार जनाको मृत्यु

९ चैत,काठमाडौं । इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ।

घटनामा थुप्रै घाइते भएका छन्। इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो।

frontline

इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजाय भोगेर मुक्त भएका व्यक्तिले आक्रमण गरेको पनि खुलेको छ।

छुरा प्रहार गर्ने व्यक्ति एक बन्दुकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन्। आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ। इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here