अगाडि ‘जय शम्भो’ र युवती, पछाडि मदिरा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । ‘बाथ टावेल’ पहिरिएका उनले एक युवतीलाई अंगालो हालेर फोटोको लागि पोज दिएको देखिन्छ । यद्यपि,अंगालोमै पोज दिएकी ती युवती बालेनकी श्रीमती भने होइनन् ।

महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धरले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा उक्त तस्बिर देखाउँदै बालेनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । महानगरका जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्न समय नहुने, तर बाहिर ‘मस्त मनोरञ्जन’ गर्दै हिँड्न पर्याप्त समय हुने मानन्धरको आशय थियो । 

frontline

उक्त अन्तर्वार्तापछि बालेनले मानन्धरलाई स्पष्टीकरण सोधिसकेका छन् । पत्रमा बालेनले मानन्धरलाई माफी माग्न निर्देशनयुक्त चेतावनीसमेत दिएका छन् । यद्यपि,मानन्धरले हिजै जनआस्थासँगको कुराकानीमा बालेनसँग माफी नमाग्ने तर साथीहरुसँग छलफल गरेर जवाफ बुझाउने बताइसकेका छन् ।

त्यसो त, बालेन आफैं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न कटाक्ष र आरोप लगाउने पात्र हुन् । आफूलाई जथाभावी बोल्न छुट दिएका बालेनले केही आरोप लगाउँदैमा प्रवक्ता मानन्धरलाई स्पष्टीरकण सोधिहाल्नुपर्ने कारण के होला ? भन्ने प्रश्नमा स्रोत भन्छ, ‘त्यही युवतीसँगको तस्बिर हो, प्रवक्ताज्यूले टिभिमार्फत् देखाएपछि मेयरसाप अलि आत्तिएजस्तो देखियो, रिसाएको जस्तो पनि देखियो, त्यसपछि स्पष्टीकरण सोधिएको हो ।’

महानगरका जनप्रतिनिधि र कर्मचारीसँग समन्वय गर्न समय नहुने, तर बाहिर ‘मस्त मनोरञ्जन’ गर्दै हिँड्न पर्याप्त समय हुने मानन्धरको आशय थियो ।

उसो भए मानन्धरले सार्वजनिक गरेको युवतीसहितको तस्बिरको वास्तविकता के हो त ? भन्ने अर्काे प्रश्नमा स्रोत खुलाउँछ, ‘ती युवती को हुन्, विस्तारै खुल्दै जाला । तर जुन अवस्थामा तस्बिर लिइएको छ, त्यसले अनेक अर्थ लाग्ने देखिन्छ । बाथरुमको वान पिसमा त्यो पनि पछाडि बार (मदिरालय) लाई के भन्ने ?’

अर्को स्रोतले भने तस्बिरमा बालेनसँग देखिएकी युवती ‘डिजे पिज्जा’ भएको जानकारी दिएको छ । स्रोतका अनुसार ती युवतीको वास्तविक नाम ज्यास्मिन खनाल हो । बुटवलकी उनी विभिन्न रेष्टुरेण्ट, लाउन्ज, बार र नाइट क्लबहरुमा डिजेको काम गर्छिन् । त्यस्तै, कन्सर्टहरुमा पनि उनले प्रस्तुती दिने गरेको बताइन्छ । 

बालेन पढाइले इञ्जिनियर र शौखमा र्यापर हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयर निर्वाचित भइसकेपछि पनि ‘नेपहपको श्रीपेच’मा निर्णायकको भूमिमा देखिनुले बालेनमा र्यापरको गुणा हावी स्वतः देखिन्छ । उक्त रियालिटी शोमा बालेन निर्णायकको भूमिकामा भएकै बेला ती युवतीसँग भेट भएको स्रोतको दाबी छ । ‘फोटोमा दुई जनाबीच देखिएको सामिप्यतालाई आधार मान्ने हो भने शंका गर्ने ठाउँ धेरै छन्, तर यसैलाई निष्कर्ष मानिहाल्नु हुँदैन’, स्रोतले अन्तमा भन्यो, ‘जय शम्भो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here