अख्तियारद्वारा गाविस सचिवसहित तीन जनाविरुद्ध आरोपपत्र दायर

२९ मंसिर, काठमाडौं । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको साविक नमुना गाउँ विकास समिति गौशालाका तत्कालिन सचिव नागेश्वर राय यादव विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले यादवसँग १२ लाख ८६ हजार ८ सय बिगो कायम गर्न समेत माग गरेको छ । सामाजिक सुरक्षा भत्तालगायत गाविसको विभिन्न शीर्षकको रकम हिनामिना गरेको उजुरीका आधारमा यादवमाथि आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

frontline

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार मंगलबार नै विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय, लाहान वितरण केन्द्रका लेखा प्रमुख विष्णुप्रसाद गुप्ताले गलत मनसायले आफूलाई लाभ हुने कार्य गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध पनि अदालतमा आरोप–पत्र दायर गरेको छ । गुप्ताले कर्मचारीहरुको विमा वापतको रकम हिनामिना गरेको बुझिएको छ ।  

त्यसैगरी बर्दियाको राजापुर नगरपालिका वडा नं.–८, धोविनपुर बस्ने मनकला चौलागाई आचार्य र उनका श्रीमान मनिलाल आचार्यमाथि झुठ्ठा विवरण उल्लेख गरी भ्रष्टाचार गरेकोमा आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ । आचार्य दम्पतीले शिक्षा सेवा आयोगको परीक्षामा उत्तरपुस्तिका साटासाट गरेको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here