अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुतला (तस्वीरहरू)

आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • अखिल क्रान्तिकारीले काठमाडौंमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ।
  • उनीहरूले प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गरेका थिए।
  • क्रान्तिकारीहरूले मसाल जुलुस समेत निकाले।

११ जेठ, काठमाडौं । अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ ।

आइतबार प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो ।

उनीहरूले विश्वभाषा क्याम्पस हुँदै मसाल जुलुससमेत निकालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागेको छ ।

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका छन् भने रास्वपाले राजीनामा दिनुपर्ने माग गरेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here