अक्सिजन सिलिण्डरहरु भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डरहरु समयमै भरेर राख्न अस्पताल र आइसोलेसन सेन्टरहरुलाई निर्देशन दिएको छ ।

मंगलबार सूचना प्रकासीत गरी मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भरेर राख्नुपर्ने, अक्सिजन प्लाण्ट वा टंयाकहरु मर्मत तथा जडान जतिसक्दो चाँडो गर्न निर्देशन दिएको हो ।

frontline

कोरोना संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको उच्च जोखिम कायमै रहेको समयमा अक्सिजन सिलिण्डर भरेर राख्न आग्रह गरिएको सुचनामा उल्लेख छ ।

खाली सिलिण्डर समयमै भर्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको सम्रग आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई समस्या हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here