अक्सिजन उत्पादनकाे जिम्मेवारी नेपाली सेनालाई
लुम्बिनी । अक्सिजन उद्योगमा आवश्यक जनशक्ति कमीले प्रयाप्त अक्सिजन उत्पादन गर्न समस्या भएपछि नेपाली सेनाको सहयोगमा उक्त समस्या समाधान गरिने भएको छ । जिल्लामा रहेका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा २४ घण्टा सञ्चालन गर्न आवश्यक श्रमिक परिपूर्ति गर्न तत्कालको लागि सेनाको सहयोग लिनेगरी सेनालाई जिल्ला सुरक्षा सङ्कट व्यवस्थापन समितिले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने,”अक्सीजन उद्योगहरुमा प्रायाप्त दक्ष जनशक्ति नभएको हुदां चौबिसै घण्टा उद्योग सञ्चालन गर्न समस्या भएपछि उक्त उद्योगमा अक्सीजन उत्पादनमा सहयोग गर्नेगरी नेपाली सेनालाई सहयोग गर्न अनुरोध सहित निर्णय गरिएको हो । ”
प्रतिक्रिया दिनुहोस्