अक्सिजनको चरम् अभावमा उपचारमा कठिनाई

श्रोत :ईन्टरनेट

अक्सिजनको चरम अभाव भएको भन्दै कोरोना संक्रमितको थप उपचार गर्न नसकिने स्पष्ट पारेको

काठमाण्डु – नेपाल मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै थप उपचा गर्न नसकिने बताएको छ ।

frontline

अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले एक विज्ञप्ती जारी गर्दै अक्सिजनको चरम अभाव भएको भन्दै कोरोना संक्रमितको थप उपचार गर्न नसकिने स्पष्ट पारेको छ ।

हाल उपचाररत बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

डा. राणाले हालको परिस्थितिमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरिएको बताएको हो । अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु तथा १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेको छ ।

प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त भएको अस्पतालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here