९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो

काठमाडौँ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूले पछिल्लो ९ महिनामा एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाएका छन् ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको रिपाेर्ट अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीहरूले अध्ययनका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड बाहिरिएको थियो ।




चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १९ प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब २२ करोड रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्