८९ लाख मूल्य बराबरको राहत वितरण ८२२परिवारलाई: छेडागाड नगरपालिका

श्रोत : ईन्टरनेट

काठमाडौं । जाजरकोट सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटद्धारा छेडागाड नगरपालिकामा संचालित अबसर परियोजनाले नगरपालिका भित्रका अत्यन्त विपन्न परिवारलाई करीव ८९ लाख मूल्य बराबरको राहत वितरण गरेको छ । 

कोभिड–१९ को महामरी र लकडाउनले प्रभावित भइ खाद्य असुरक्षित (विपन्न) भएका आठ सय २२ घरधुरीलाई परियोजनाले खाद्य सामग्रीसहितको राहत वितरण गरेको हो ।

frontline

परियोजनाले छेडागाड नगरपालिकाको समन्वयमा ८८ लाख ९० हजार दुई सय ५० रुपैयाँको खाद्य सामग्रीसहितको राहत वितरण गरेको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोटका कार्यकारी निर्देशक छवी पन्तले बताए । 

प्रतिपरिवार एक क्वीन्टल चामल, १५ किलो दाल, १० किलो आयोडिन नुन, ५ लिटर खानेतेल, ५ किलो चिनी, ५ वटा हात धुने साबुन, ५ वटा लुगा धुने साबुन वितरण गरिएको कार्यकारी निर्देशक पन्तले बताए । 

प्रति परिवार १० हजार आठ सय १५ रुपैयाँ ४२ पैसा बराबरको खाद्य सामग्री परियोजनाले वितरण गरेको छ । । छेडागाड नगरपालिकाका विपन्न तथा खाद्य असुरक्षित नागरिकहरुको स्वास्थ्य सुरक्षा कायम गर्न परियोजनाले खाद्य सामाग्री सहितको राहत वितरण गरेको पन्तले बताएका छन् । उनले भने,‘परियोजना क्षेत्रका नागरिक समस्यामा परेको बेला थोरै भएपनि सहयोग पुगोस भनेर हामीले सहयोग गरेका हौं । नागरिकको सुख दुःखमा हामी सधै साथमै छौं ।’

छेडागाड नगरपालिकाका १३ वटै वडाका अति विपन्न तथा खाद्य असुरक्षित परिवारको छनौट गरेर वितरण गरिएको उक्त कार्यक्रमबाट ४ हजार नौ सय २३ जना प्रत्यक्ष लाभाम्बित भएको सेभ द चिल्ड्रेनका परियोना संयोजक मतिलाल ढकालले बताए । त्यसमध्य दुई हजार ६ सय ७३ बालबालिका प्रत्यक्ष लाभान्वित रहेको उनको भनाइ छ ।

कोभिड–१९ संक्रमणको प्रभावबाट प्रभावित भएका अति विपन्न परिवारलाई परियोजनाले  गरेको राहत बितरणले ठुलो सहयोग पुगेको छेडागाड नगरपालिकाका प्रमुख लाल बहादुर महताराले बताए । राहत वितरण गरेकोमा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षण मञ्चलाई नगरप्रमुख महताराले धन्यवाद दिएका छन् । उनले भने, ‘विपतको बेला साँचिकै अफ्ठयारोमा परेका छेडागाड नगरपालिकाका अति विपन्न तथा संकटासन्न परिवारलाई अवसर परियोजना गरेको सहयोग अविश्मरणीय छ । यस्तो बेलाको सहयोग ति परिवार र नगरपालिकाले कहिल्यै विर्सने छैन । दाताहरुलाई हृदय देखि धन्यवाद छ ।’

स्वास्थ्यमापदण्ड पालना गरेर नगरपालिका र वडाका जनप्रतिनिधि मार्फत करीव तीन साता लगाएर राहत बितरण गरेको गरिएको परियोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here