८४ दलले बुझाए निवेदन

१ भदौ, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म ८४ दलले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

frontline

अब आयोगले प्राप्त कागजात हेरेर दर्ता प्रक्रिया अघि बढाउँने र आवश्यक परे नपुग कागजात मगाउन सक्ने बताईएको छ ।

आयोगमा गत २० साउनसम्म १ सय १६ राजनीतिक दल दर्ता भएकोमा निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दलले मात्रै दर्ता हुन निवेदन दिएको आयोगले जनाएको हो ।

यसअघि, २०७४ सालमा सम्पन्न निर्वाचनमा भने ८८ दलले निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । यसपटक सो संख्या घटेको हो ।

आयोगमा मंगलबार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका दलले दर्ताका लागि निवेदन दिएका थिए ।

यसैबीच, आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य अधिकृत नियुक्त गरेको छ ।

आयोगले सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य अधिकृत नियुक्त गरेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत कार्यालय आयोग परिसरमै स्थापना गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here