७५ वर्षीय एक वृद्धको हत्या

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल बजारनजिकै ७५ वर्षीय एक वृद्धको हत्या भएको छ ।

बजारनजिकै इँटा भट्टा छेउमा बस्दै आएका टेकबहादुर लिम्बूको गए राती हत्या भएको प्रहरीले जनाएको छ ।

frontline

श्रीमती प्यारालाइसिसका कारण बोल्न नसक्ने अवस्थामा भएकाले तत्काल घटना सार्वजनिक हुन सकेको थिएन ।

घटनाबारे जानकारी पाउनासाथ पुगेको प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।

लिम्बूको टाउको र शरीरमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here