६४ वर्षीया बृद्धाको हत्या

४ असोज, सुनसरी । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको धरान–२० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज (मंगलवार) सार्वजनिक गरेको हो ।

उनले हत्या गरेको स्वीकारेसँगै चोरी र लुटपातको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ । सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ ।

frontline

घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपात प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए ।

उनले घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोही अनुसार गहना लुट्ने क्रममा बृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागूऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरले पक्राउ परेको दुवै उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here