५ वर्षीया नातिनीको हत्या गरी फरार व्यक्ति १२ वर्ष पछि पक्राउ

श्रोत : ईन्टरनेट

बुधवार, सुनसरी ।  १२ वर्षअघि पाँच वर्षीया नातिनीको हत्या गरेका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। 

सुनसरी भोक्राहा ६ का ६२ वर्षे बसन्त खत्वेलाई प्रहरीले पक्राउ गरेको हो।

frontline

खत्वेले २०६६ साल वैशाख १६ गते आफ्नी ५ वर्षीया नातिनी सोशिला कुमारी खत्वेलाई घाँटी बटारी हत्या गरेका थिए। हत्यापछि उनले नातिनीको शवलाई प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार भएका थिए।

घटनामा खत्वेको संलग्नता पुष्टि गर्दै सुनसरी जिल्ला अदालतले  २०७४ वैशाख २४ मा उनलाई जन्म कैद सजाय तोकेको थियो। फरार प्रतिवादी पक्राउ गर्ने क्रममा खत्वेलाई सुनसरी प्रहरीले पक्राउ गरेको जनाएको छ। 

सुनसरीमा विभिन्न अपराधमा संलग्न प्रतिवादीहरू धमाधम पक्राउ परिरहेका छन्। 

अपराधमा संलग्न भई अदालतदेखि कैद सजाय तोकेपछि फरार भएका प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरीले अभियान चलाएको थियो।

अभियान सुरू गरेपछि एक महिनामा  कैद सजाएका पाएका धेरै प्रतिवादी पक्राउ परेको प्रहरीको दाबी छ।

साउन १ गतेदेखि सुरू भएको यो अभियान अन्तर्गत सुनसरी प्रहरीले हालसम्म २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

पक्राउ पर्ने जघन्य प्रकृतिका अपराधमा संलग्न प्रतिवादी छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here