५९ अंकले घट्यो नेप्से

२५ कार्तिक, काठमाडौँ । नेप्से सूचक ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा अडिएको छ । बजार घट्दा ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

frontline

यस दिन २२५ कम्पनीको ९४ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र आइसीएफसी फाइनान्स परेका छन् । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here