५८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा धरानबाट एक पक्राउ

काठमाडौं । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धरानबाट एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापा छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

frontline

थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेका थापालाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here