५० प्रतिशत अनुदानमा घाँसको वीउ वितरण गर्दै भद्रपुर

झापा । भद्रपुर नगरपालिकाले घाँसको वीउ वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै घाँसको वीउ वितरण गर्ने जनाएको छ । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई घाँसको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

frontline

नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । म्याद नाघि आएको निवेदनमा कुनै कारबाही नहुने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here