५०० विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई दुहबी नगरपालिकाद्वारा फाइबर सिरक वितरण

२० पुस, इनरुवा । सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरी पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई बढ्दो जाडोबाट बच्न फाइबर सिरक वितरण गरेको छ ।

केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्यनजर गरी फाइबर सिरक वितरण गरेको नगर उपप्रमुख मेनुका खतिवडाले जानकारी दिनुभयो ।

frontline

खतिवडाका अनुसार वडाको माग र आवश्यकता अनुसार दुहवी नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका सबै वडामा फाइबर सिरक वितरण गरिएको हो । प्रत्येक वडामा कममा ३५ जना र बढीमा ५० जनालाई फाइबर सिरक वितरण गरेको खतिवडाले जानकारी दिनुभयो ।

उता, दुहवी वडा नम्बर ८ ले पनि वडाका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति र एकल महिलालाई जाडोबाट बच्न फाइबर सिरक वितरण वडाध्यक्ष तारिकचन्द सरदारले जानकारी दिनुभयो ।

वडामा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकलाई न्याय र सम्मान गर्न तथा उनीहरुको मनोबल उच्च राख्न सिरक वितरण गरेको वडा सदस्य इन्दिरा देवी निरौलाले बताउनुभयो ।

सिरक वितरण कार्यक्रममा वडा सदस्यहरु नबी हुसेन, इन्दिरा देवी निरौला, कलावती माझी,सरिता मुसहर्नीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here