३.६६ अंकले घट्यो सेयर बजार

२२ फागुन, काठमाडौं । लगानी योग्य रकम अभावले गाँजेको सेयर बजारमा साताको पहिलो दिन आइतबार निराशा देखिएको छ ।

आइतबार ३.६६ अंकले सेयर बजार घट्दा कुल २३० कम्पनीको सेयर खरिद बिक्री भयो । कारोबार रकम भने २ अर्ब ४९ करोड रुपैयाँ मात्रै रह्यो ।

frontline

कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको सेयर मूल्य घट्यो भने १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

आइतबार कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूह राताम्मै रह्यो भने चार उपसमूह सकारात्मक रह्यो ।

आइतबार मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ७.८० प्रंतिशतले बढ्यो ।

यस्तै साम्लिङ्ग पावर र नेपाल ल्युब आयल कम्पनीको सेयर धनीले पनि आजको दोस्रो बजारमा कमाइ गरे ।

यस्तै शिवम् सिमेन्ट, रिलायन्स लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको सेयर धनीले भने आज गुमाए । शिवम् सिमेन्टको सेयर सबै भन्दा धेरै ७.११ प्रतिशतले घटेको थियो ।

घटे पनि शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र अपी पावरको सेयर क्रमशः अधिक कारोबार हुने स्टक बन्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here