२८ औँ महानगर दिवस विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै मनाईने

२१ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झै मनाउने भएको छ । 

कामपाले पत्रकार सम्मेलन गरी विगतकै वर्षका कार्यक्रमलाई निरन्तरता दिएर महानगर दिवस मनाइने जनाएको छ ।

frontline

कामपाले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुची बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने तय भएको प्रवक्ता नवीन मानन्धरले बताए।

विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, कला प्रवर्द्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रमलाई पनि समेट्ने जनाएको छ।

दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २९ गते उद्घाटन गरिने भएको छ।

विसं २०५२ मा मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मंसिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो ।

विसं  १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौँलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here