२५ औ सशस्त्र प्रहरी दिवस, २०८२ (रजत महोत्सव)” को पावन अवसरमारक्तदान कार्यक्रम सम्पन्न
रौतहट ,”२५ औ सशस्त्र प्रहरी दिवस, २०८२ (रजत महोत्सव)” को पावन अवसरमा सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कार्यालयहरुले विभिन्न कार्यक्रमहरु सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम, अस्पतालहरुका बिरामीहरुलाई फलफूल बितरण, स्वास्थ्य शिविर कार्यक्रम, अशक्त, गरिब तथा बृद्ध-बृद्धाहरुलाई न्यानो कपडा/खाद्यन्न वितरण कार्यक्रम, मठमन्दिर सरसफाई कार्यक्रम, स्थानीय समुदायमा चेतनामूलक कार्यक्रम, विद्यालयहरुमा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता संचालन, समकक्षीसँग मैत्रीपूर्ण खेलकुद प्रतियोगिता संचालन लगायतका विविध कार्यक्रमहरु संचालन गरी सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको रजत महोत्सव भब्यताका साथ मनाउने क्रममा यस सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटको आयोजनामा गणको प्राङ्गणमा प्रादेशिक अस्पताल गौर रौतहटसँगको आवश्यक समन्वयमा “रक्तदान कार्यक्रम”मा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारी लगायत कार्यालयमा कार्यरत १४ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरि कार्यक्रम सम्पन्न भएको हो ।







प्रतिक्रिया दिनुहोस्