२४ घण्टामा ५८ संक्रमित, मृत्यु शुन्य
३० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ८१९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्