२४ घण्टामा ३७२ संक्रमित, ११ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ३१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९७ जना र २ हजार ५९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

frontline

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ०६ हजार ६९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भए, ११ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९११ जनाको परीक्षण हुँदा हालसम्म कुल ५० लाख ७३ हजार ९९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here