२४ घण्टामा ३,४८१ संक्रमित, ३० को मृत्यु

बुधबार, काठमाडौं । नेपालमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार बुधबार देशभर ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

frontline

कुल १६ हजार ६५६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यो संख्या मंगलबारको भन्दा कम हो।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। यीसहित हालसम्म १० हजार १८० जनाको मृत्यु भएको छ।

यसै अवधिमा एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७५ हजार ८३ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकामा पनि ९ सय ६४ जना संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा मात्रै ६६३ जना, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना संक्रमित थपिएका हुन्।

प्रवक्ता पौडेलका अनुसार अहिले परीक्षण गरिएका चार जना मध्ये एक जनामा संक्रमण पुष्टि हुन थालेको छ। बुधबारसम्म ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here