२४ घण्टामा ३१२ संक्रमित, २ को मृत्यु

११ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ९ हजार ७६३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ३२७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये १०५ जनाको आईसीयू र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ३३२ पुगेको छ ।

यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ भने ९ लाख ५४ हजार ३४१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप ८७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका ६७, ललितपुरका १० र भक्तपुरका १० जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here