२४ घण्टामा ३१२५ संक्रमित,२३ को मृत्यु

सोमबार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो । 

frontline

यस्तै पछिल्लो २४ घण्टामा देशभर १९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । 

यससँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ ।

यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् । 

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ८९८ हुँदा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ।  

सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।

 यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३ हजार २२४ जना भने संस्थागत आईसोलेशनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here