२४ घण्टामा २४२१ संक्रमित,५२ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले १२ हजार ४ सय १४ जनामा भएको परीक्षणमा १९ दशमलव ५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

निषेधज्ञा खुकुलोको भएकै दिन सोमबार ४५ सय संक्रमित देखिए पनि मंगलबार भने संक्रमित घटेका छन् । संक्रमण दर उच्च भए यता परीक्षण गरिएको तुलनामा २० प्रतिशत कम संक्रमित भेटिएका छन् ।

frontline

काठमाडौंमा ३ सय ४६ , ललितपुरमा ९४ र भक्तपुरका ५७ जना गरी काठमाडौ उपत्यकामा ४ सय ९७ जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३ हजार ५ सय ५८ जनाले कोरोना संक्रमण जितेका छन् । हाल देशभर ६ लाख ५५ हजार ८ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५ लाख ६८ हजार ४ सय ४० जना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणबाट २४ घण्टा भित्र थप ५२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. पौडेलले २४ घण्टा भित्र थप ५२ जनाको मृत्यु भएको र विगतमा संक्रमणबाट मृत्यु भएका थप २९ जना सहित कुल ७१ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या ८ हजार ८ सय ९४ जना पुगेको छ ।

देशभर ५० हजार ५ सय २० जना सक्रिय संक्रमित छन् । जसमा ४७ हजार २ सय ८६ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ७ सय ३४ जना आइसियू र २ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल ३७ जिल्लामा ५ सय भन्दा माथि सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here