२४ घण्टामा २,४०१ संक्रमित,१४ को मृत्यु
२६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्