२४ घण्टामा २२७ संक्रमित, एक जनाको मृत्यु
२३ भदौ, काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३७ जना र २ हजार ८८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४९ हजार ७५३ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ४७३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १० पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८३ हजार ९४९ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्