२४ घण्टामा १,९२० संक्रमित, २४ को मृत्‍यु

आइतबार, काठमाडौं । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

frontline

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ भने ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६८१ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९५, कास्कीमा ३०१, चितवनमा २१७, झापामा १५२, ललितपुरमा ११० र मोरङमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुनसरीमा ७६, भक्तपुरमा ६१, गोरखामा ४०, रुपन्द‍ेहीमा ३३, तनहुँमा २९ र जुम्लामा १८, स्याङजामा १५, नवलपरासीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here