२४ घण्टाभन्दा कम समयमा फर्किए साउदी विदेशमन्त्री

१ चैत, काठमाडौं । नेपालको दुई दिने भ्रमणमा हिजो साँझ काठमाडौं उत्रेका साउदी युवराज तथा विदेशमन्त्री फैसल बिन फहरान अल साउद आज अपरान्ह फर्केका छन् । उनी दुई दिनको भ्रमणमा आए पनि २४ घण्टाभन्दा कम समयमा फिर्ता भएका हुन् ।

श्री लँका हुँदै २० जनाको टोली बोकेर आएको राजकुमारको निजी एचजेटएसकेवाई ४ विमान काठमाडौंबाट बंगलादेशको राजधानी ढाका गएको छ ।

frontline

विशिष्ट पाहुनालाई बोकेको विमान अपरान्ह साढे ४ बजे उडेको हो । राजकुमारलाई नेपालका लागि साउदी अरेबियाका राजदूत मुसैद अलमारवामी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले विमानस्थलमा बिदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here