२०२३ देखि २०३३ को दशकलाई भ्रमण दशकको रुपमा मनाउने तयारी

फाइल तस्बिर

८ साउन, काठमाडौं । नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले ७३ बुँदे कार्ययोजना ल्याएको छ। कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि तोकेर कार्ययोजना ल्याएको हो। सरकारले १ महिनेदेखि दीर्घकालसम्मका योजना समेटेर कार्ययोजना ल्याएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो पहिलो निर्णयअनुसार कार्ययोजना सार्वजनिक गरेका छन्। असार १३ गते मन्त्रालयको पदभार ग्रहण गर्दै उनले पर्यटन पुनरुत्थान कार्ययोजना बनाउने निर्णय गरेका थिए।

frontline

विगतका मन्त्रीहरुले तयार पारेको प्रतिवेदनको आधारमा समिति बनाई कार्ययोजना बनाइएको हो’ मन्त्री श्रेष्ठले भने, कार्ययोजना कुन निकायले कति समयमा के काम गर्ने गरी ल्याइएको छ।

उनले पर्यटन विकास अभियान भएकाले १ वर्षमा मात्रै सफल हुन नसकिने बताए। हाम्रो विगतको परम्परा भ्रमण वर्ष मनाउने गरिएको थियो। १ वर्ष पर्यटन वर्ष मनाएर मात्रै हुँदैन भन्ने सोचका साथ एक दशकलाई मनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, २०२३ देखि २०३३ को दशकलाई भ्रमण दशकको रुपमा मनाउने तयारी गर्छौँ।

कार्ययोजनामा पर्यटकको सहजताका लागि नेपालको पर्यटन डिजिटल म्याप, होटल व्यवस्थापन सूचना प्रणाली, पर्वतारोहण सूचना प्रणाली, बहु भाषामा सूचना दिने गरी अघि बढ्ने उल्लेख छ।

सरकारले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्न विभिन्न सहुलियत व्यवस्था गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here